तुलसीघाटको आर्कब्रिज अख्तियारमा फस्यो

समाधान संवाददाता २०८२ वैशाख १५ गते १५:२५

पोखरा ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर ९ र ११ रानीपौवा जोड्ने तुलसीघाटमाथि निर्माणाधिन ‘आर्कब्रिज’ पृथ्वीहाइवे र महेन्द्रपुलको जाम हटाउने वैकल्पिक बाटो हो । तर, आर्कब्रिज निर्माण गर्दा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि काम रोकिएको छ ।

निर्माण सम्झौता भन्दा अगावै सक्ने लक्ष्य राखिएको यो पुल अख्तियारमा उजुरी परेपनि निर्माण कम्पनी निराशामा परेको वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । ‘समयमा काम नसक्ने ठेकेदारलाई सकिदिनुस् भन्नुपर्ने अवस्था छ । तुलसीघाटमाथि बनेको आर्कब्रिज, समयअगावै सक्ने लक्ष्य राखेको छ । अनि, विभिन्न अख्तियारमा झमेला गरिदिएपछि निर्माण कम्पनी निराशामा पर्दैनन् ?’ उनको प्रश्न छ ।


अख्तियारमा उजुरीको झमेलाबाट बाहिर निस्केर अहिले निर्माण कम्पनीले काम सुरु गर्ने तयारीमा रहेको उनले बताए । ‘अहिले काम सुरु गर्ने भन्ने भएको छ । काम बाँकी जम्मा १०/१५ दिनको हो । बाँकी सबै काम त सकियो । केबल सामान्य काम बाँकी हुँदा वैकल्पिक बाटो नै राकियो,’ उनले भने ।

पोखराको इन्द्रेणी निर्माण कम्पनीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको १२ करोड ८० लाख रुपैयाँ लागतमा तुलसीघाटमा पुल निर्माणको ठेक्का पाएको हो । ‘आर्कब्रिज’ पुल ६५ मिटर लामो र ११ मिटर चौडाइको रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया