प्रेम थापालाई फोटो पत्रकारिता अवार्ड

समाधान संवाददाता २०८२ वैशाख १५ गते २०:०८

पोखरा । पोखराका फोटो पत्रकार प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन् । काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले ५ आयोजना गरेको औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड कार्यक्रममा उनले अवार्ड प्राप्त गरेका हुन् ।

Advertisement

सभामुख देवराज घिमिरेले थापालाई प्रसंशा पत्र र अवार्ड हस्तान्तरण गरे । उत्कृष्ट ५ मनोनयनमा परेका विष्णु गौतम, खिम लामिछाने, किरण आचार्य, सागर गिरीलाई उन्छिन्दै थापाले अवार्ड हात पारेका हुन् ।

थापाले आगामी समयमा समेत फोटो पत्रकारितालाई निरन्तरता दिंदै जाने प्रतिबद्धता जनाए । कार्यक्रममा सभामुख घिमिरेले फोटो पत्रकारिता लोकतान्त्रिक समाजको महत्वपूर्ण अंग भएको बताउँदै फोटो पत्रकारिताले देशको वास्तविक ऐना प्रस्तुत गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाए । उनले प्रजातन्त्र, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रमा पत्रकारिता मात्र नभई फोटो पत्रकारिताले पनि उल्लेखनीय योगदान पु¥याएको स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया