कर्मचारी सहकारी संस्थाको स्थापनामा रक्तदान

समाधान संवाददाता २०८२ वैशाख १६ गते २१:५६

पोखरा । कर्मचारी सहकारी संस्था लिमिटेड पोखरा कास्कीको १८ औं स्थापना दिवसका अवसरमा मंगलबार पोखरामा खुल्ला रक्तदान कार्यक्रम भएको छ ।

Advertisement

सहकारीका अध्यक्ष महेशकुमार सिग्देलको अध्यक्षता र प्रदेश सभा सदस्य प्रकाश बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । उक्त अवसरमा पहिलो रक्तदाता सहकारी सस्थाका सचिव एवं निजामती कर्मचारी युनियनका अध्यक्ष सुरेशकुमार श्रेष्ठलाई प्रमुख अतिथिल ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रम सुरु गरे ।

उक्त अवसरमा १९ पिन्ट रगत संकलन भएको थियो । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका पूर्व वरिष्ट उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारी, कांग्रेस नेता रामजी कोइराला लगायतले शुभकामना व्यक्त गरे ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान भएको हो । केन्द्र प्रमुख अर्जुन ज्ञवाली नेतृत्वको प्राविधिक समूहले सहजीकरण गरेको कार्यक्रममा स्वागत केदार सापकोटा र सञ्चालन डिल्लीराम रेग्मीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया