माउन्ट अन्नपूर्ण मावि कक्षा १० का विधार्थीहरुद्धारा प्रदेश सभा अवलोकन

पोखरा । विधार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञान पनि प्रदान गर्नुपर्छ भन्ने उद्येश्यका साथ माउन्ट अन्नपूर्ण मा.वि. नदिपुर पोखरा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुद्धारा गण्डकी प्रदेश सभाको शैक्षिक अवलोकन भ्रमण गरिएको छ ।
विद्यालयको सामाजिक विभागद्धारा आयोजित उक्त अवलोकन भ्रमणमा विद्यार्थाीहरुले उत्साहपूर्वक सहभागिता जनाएका थिए । अवलोकनबाट प्रदेश सभाको काम, कर्तव्य र अधिकारका सम्बन्धमा प्रदेश सूचना अधिकारी प्रेम सुवेदीले सहजीकरण गर्दे विद्यार्थाीहरुलाई संसद भवन अवलोकन गर्न सहयोग गरेका थिए ।
प्रदेश सभाको गठन प्रकृियाका विषयमा पनि विद्यार्थीहरुले सभा र सचिवालयको प्रत्यक्ष अवलोकन गरी जानकारी प्राप्त गरेका थिए । उक्त अवलोकन भ्रमणले आफूलाई प्रदेशसभाको विषयमा जानकारी हासिल गर्न निकै सहज भएको विद्यार्थी प्रतिनिधि रिसिका गुरुङले बताइन्
तपाईको प्रतिक्रिया