पोखरामा शिक्षक संगठनको वडा कमिटी गठन

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन, पोखरा महानगर समितिले संगठन सुदृढीकरण तथा विस्तार कार्यक्रमअन्तर्गत वडा नम्बर १ मा वडा कमिटी गठन गरेको छ । श्रीकान्त सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
कार्यसमितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः तुलाराम पौडेल, हरि अधिकारी, कलादेवी बराल तथा कृष्णप्रसाद पौडेल छन् । भेलाबाट शिक्षकहरू नारायणप्रसाद पौडेल, इन्द्रमाया बास्तोला, पुनम राणा बस्नेत, जिता पौडेल, सिर्जना पराजुली र जानुका बास्तोला सदस्य चुनिएका छन् ।
संस्कृत माध्यमिक विद्यालयमा आयोजित शिक्षक भेलामा राष्ट्रिय मावि, रत्न आविका शिक्षकहरुको उपस्थिति थियो । नेराशिसं गण्डकी प्रदेश समितिका अध्यक्ष रोमहर्षण पौडेलको प्रमुख उपस्थितिमा सम्पन्न समारोहमा पोमनपा –१ का अध्यक्ष साहारा प्रधान, नेपाल प्रगतिशील प्राध्यापक संगठनका गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद अधिकारी, नेराशिसं जिल्ला कमिटी अध्यक्ष तीर्थराज ढकालले शुभकामना व्यक्त गरे ।
प्रदेश समिति अध्यक्ष पौडेलले सांगठनिक गतिविधिको जानकारीसहित शिक्षाको गुणस्तर अभिवृद्धि तथा संगठन सुदृढीकरणका लागि संगठित सदस्यलाई दरो गरी अघि बढ्न आग्रह गरे । पोखरा महानगर समिति अध्यक्ष यामनारायण लामिछानेले राष्ट्रिय माविबाट त्यसदिन मात्रै दर्जनौँ शिक्षकहरु देशकै अग्रणी संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठनको मूलधारमा समाहित भएको बताउँदै संगठनप्रति देशैभरका शिक्षकको आकर्षण बढ्दै गएको दाबी गरे । नेराशिसं, पोखरा महानगर समितिका सचिव नेपालप्रकाश अधिकारीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला सचिव दामोदर तिमिल्सिना, शंकर तिवारी तथा हरि अधिकारीले विविध पक्षमा सहजीकरण गरेका थिए ।
तपाईको प्रतिक्रिया