डिज्नील्यान्ड एकेडेमीको वार्षिकोत्सव

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ७ मासबारस्थित डिज्नील्यान्ड एकेडेमीको १८ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम भएको छ । समारोहमा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले समय र परिवेशसँगै शिक्षा नीति तथा कार्यक्रम पनि परिवर्तन हुँदै गएको उल्लेख गरे ।
उनले आजको परिवेशमा शिक्षकले शिक्षण गर्ने तरिका बदल्नुपर्नेमा जोड दिए । सामुदायिक र निजी विद्यालयमा शिक्षक योग्यता उस्तै उस्तै, शिक्षण क्रियाकलाप उस्तैउ स्तै भए पनि निजी विद्यालयले आफ्नो शैक्षिक स्तर बढाउन सकेको जनाउँदै सामुदायिक विद्यालयले पनि यसतर्फ ध्यान दिनुपर्ने विचार राखे ।
लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले आफूले विद्यालयमा पढ्दा हरेक पढाईलाई गीतमा ढालेर पढ्ने गरेको र ती गीत अझै पनि ताजा भएको सुनाए । पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले वडा नंं. ७ माध्यमिक शिक्षाको केन्द्रविन्दु भएको बताउदै शैक्षिक संस्थासँग वडा हातेमालो गर्न सधै तयार रहेको बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वर पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण केसी, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, अभिभावकको तर्फबाट सञ्जय सुवेदी, निर्देशक मित्रबन्धु बराल, विद्यार्थी आस्था पौडेल, प्राचार्य नरेशप्रसाद बराल र शिक्षकद्वय पे्रम गिरी र अनुशा शर्माले बोलेका थिए ।
सो अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत राखिएको थियो । साथै कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीले विभिन्न लोक तथा बाल गीतमा कलात्मक नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रममा २०८० को एसइईमा जिपिए ४ ल्याउने स्मृति लम्साल, सृष्टि भण्डारी र सृष्टिना पौडेललाई जनही नगद २५ हजार र स्वर्ण पदकसहित डिज्नी रत्न सम्मानबाट सम्मानित गरियो ।
कक्षा ८ को आधारभूत तह परीक्षामा जिपिए ४ ल्याउने प्रज्ज्वल पराजुलीलाई पनि सम्मान गरियो । विषय शिक्षकहरु अभिशेक कुँवर, दीपक पोखरेल, दीपेश बराल, शर्मिला घले, प्रेम गिरी र हरि शर्मा पनि सम्मानित बने ।
१० वर्ष कार्यरत शिक्षक–कर्मचारीतर्फ जमुना भट्टराई, गीता चौधरी र शोभा अधिकारी, ७५ वर्षमाथिमा १५ जना ज्येष्ठ अभिभावक तथा इन्जिनियर बन्न सफल ३ जना पूर्व विद्यार्थीलाई पनि विद्यालयले सम्मान ग¥यो । असल अभिभावक, भजन मण्डली, विभिन्न लय भाका, झ्याउरेलगायतका विधामा उत्कृष्ट प्रस्तुति गर्ने छात्र छात्रालाई सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया