प्रभावकारी शिक्षाका लागि प्रयत्नशील छाैंः शिक्षा मन्त्री भट्टराई

पोखरा ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले सरकार आशा र भरोसा लाग्दो शिक्षा बनाउने गृहकार्यमा लागी परेको बताइन् । शिक्षा क्षेत्रमा देखिएका विकृती र निरासा अन्त्य गर्दै थप प्रभावकारी शिक्षाका लागि निरन्तर प्रयत्नशील रहेको उनले उल्लेख गरिन् ।
पोखरा महानगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको हिरक जयन्ती समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । मन्त्री भट्टराईले नयाँ शिक्षा ऐन निर्माण गरी प्रभवकारी कार्यान्वयनका साथै समस्या अन्त्य हुने दाबी गरिन् ।
नेपालको शिक्षाप्रती विश्वास जगाउनेतर्फ लाग्नुपर्नुे बताउँदै गुणस्तरीय शिक्षाको सुरुवातका लागि शिक्षकहरूको क्षमता वृद्धिका काममा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
‘विद्यालय शिक्षा समग्र शिक्षाको जग र रास्ट्र निर्माणको महत्वपूर्ण आधार भएको हुँदा समृद्ध, जिवनोपयोगी शिक्षाका निम्ति सबै क्षेत्र, वर्ग, समुदायको सहयोग र समन्वय जरुरी छ ।’ उनले भनिन् ।
व्यवसायिक शिक्षा गुणस्तरीय जीवनयापनको महत्वपूर्ण आधार भएकाले सर्वस्वीकार्य विषयलाइ प्राथमिकताका साथ अगाडि बढाउने भट्टराईको धारणा छ ।
कार्यक्रममा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका विभिन्न व्यक्तित्व, शिक्षक, विद्यार्थिहरूलाई उनले सम्मान गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया