रवि लामिछानेलाई म्याद थप्न अदालत लगियाे

समाधान संवाददाता २०८१ मंसिर २३ गते ११:०९
फाइल फोटो

पोखरा ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार १३ दिन म्याद थपका लागि पुनः अदालत उपस्थित गराएको हो ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेमाथी अझै अनुसन्धान नसकिएको भन्दै अदालत लगिएको प्रहरीको भनाइ छ ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि पोखरामा छन् । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो ।

लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया