कालिका बहुमुखी क्याम्पसमा नवागन्तुक विद्यार्थीको स्वागत

समाधान संवाददाता २०८१ मंसिर २८ गते २०:३७

Advertisement

पोखरा । कालिका बहमुखी क्याम्पस, पोखरामा स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुका लागि शुक्रबार स्वागत कार्यक्रम गरिएको छ ।

कार्यक्रममा क्याम्पस सञ्चालक समीतिका अध्यक्ष किरण केसीले क्याम्पसको विकास र विस्तारका लागि विद्यार्थीहरुको भूमिका ज्यादै महत्वपूर्ण रहने र गुणस्तरीय शिक्षाका लागि क्याम्पस सञ्चालक समीति सधैं तत्पर रहेको र क्याम्पसबाट अध्ययन पूरा भएका विद्याथीहरु बेरोजगार बस्न नपर्ने गरी दक्ष जनशक्ति उत्पादन गर्ने क्याम्पस क्रियाशील रहेको बताए ।

क्याम्पस प्रमुख बिरन्जी गौतमले सम्पूर्ण नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै, आफ्नो लक्ष्य प्राप्त गर्नका लागि अनुशासन महत्वपूर्ण रहेको हुँदा अनुसासित भई घर, समाज र देशको लागि योगदान पुर्याउन सफल हुने आशा क्याम्पसले लिएको बताए ।
क्याम्पसले प्राप्त गरेका उपलब्धिलाई थप उचाइमा लैजान नव आगन्तुक विद्यार्थीहरु क्रियाशील रहने आशा क्याम्पसले लिएको बताए ।

क्याम्पसका शिक्षक तथा पूर्व विद्यार्थी सन्तोषमणि लामिछानेले आफू कक्षा ११ देखि स्नाकोत्तरसम्म यसै क्याम्पसमा अध्ययन गरेको अनुभव सुनाए । यसै गरी सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिना र युवराज गुरुङले अध्ययनका सिलसिलामा विदेशिएका विद्यार्थी र तिनीहरुका अभिभावकहरुको पीडा सुनाउँदै हामी सबै मिलेर स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने अठोटका साथ अगाडी बढन विद्यार्थीहरुलाई प्रोत्साहित गरे ।

Advertisement

कार्यक्रममा कविता वाचन, मुक्तक तथा नृत्य प्रस्तुति गरिएको थियो । कालिका कल्याणकारी समीतिका अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी रोशन रानाभाटले राखेका थिए भने कार्यक्रम सञ्चालन कल्याणकारी समीतिका सदस्य जिवन पतनीले गरेका थिए ।

तपाईको प्रतिक्रिया