रवि लामिछानेमाथि ३ वटा अभियोगमा मुद्दा चलाउन सिफारिस

समाधान संवाददाता २०८१ पुष १ गते १६:३२

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेमाथि तीन वटा अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको छ ।

Advertisement


कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउँदै मुद्दा चलाउन सिफारिस गरेको हो ।


रायसहितको अनुसन्धान प्रतिवेदन छ सय पेज लामो रहेको प्रहरीले बताएको छ । प्रहरीले रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।


प्रहरीले सोमबार प्रतिवेदन बुझाएको भए पनि अध्ययन गर्न समय लाग्ने जिल्ला सरकारी वकिल कार्यालयले बताएको छ ।


गत कार्तिक २ गते पक्राउ परेका रवि लामिछाने दुई महिनादेखि प्रहरीको हिरासतमा छन् । कास्की जिल्ला अदालतले बिहीबार अनुसन्धानका लागि हिरासतमा राख्न सातौँ पटक म्याद थप गरेको थियो ।

Advertisement


पाँच वटा सहकारीबाट लिएको रकम हिनामिना देखिएको भन्दै रवि र छविलाई कास्कीसँगै रुपन्देही, काठमाडौँ, चितवन र पर्सामा लगेर बयान गराइएको थियो । जीबी राई भने फरार छन् ।

तपाईको प्रतिक्रिया