एमाले पोखरा ५ मा लक्ष्मण बराल

समाधान संवाददाता २०८१ पुष ४ गते १९:२६

पोखरा ।

Advertisement

नेकपा (एमाले) पोखरा ५ को दोस्रो वडा अधिवेशनले अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा नयाँ कमिटी चुनेको छ । कमिटी उपाध्यक्षमा पानप्रसाद तिमिल्सिना, सचिव वसन्त गौतम, उपसचिव माधव बास्तोला र ईन्दिरा आचार्य छन् ।

एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेको अधिवेशनमा प्रदेश कमिटी सचिवालय सदस्यहरु दिलीपविक्रम शाही र धनबहादुर नेपाली, जिल्ला कमिटी सदस्य उज्ज्वल खत्री, महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य, वडा कमिटी ५ का कार्यवहाक अध्यक्ष हेमराज भण्डारी लगायतले बोलेका थिए ।

यस्तै, एमाले पोखरा २६ को अधिवेशनले अध्यक्ष मनहरि ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष रामकृष्ण जिसी, सचिव हरिश्चन्द्र देवकोटा, उपसचिवमा प्रविण रानाभाट र शर्मिला सुनार छन् ।

सदस्यमा श्रीभद्र बराल, विश्वराज अधिकारी, श्रीप्रसाद बस्ताकोटी, सीता ढुंगाना, पुरुषोत्तम ढुंगाना, लक्ष्यबहादुर गोदार, रमेशबहादुर जिसी, जगन्नाथ तिमिल्सिना, भीमप्रसाद अधिकारी र सूर्यप्रसाद बराल छन् । वडा कमिटीका थप सदस्यमा कृष्ण पुन, कृष्ण सुवेदी, सीता कुँवर, वीरबहादुर विक, राजु अधिकारी, पवित्रा बास्तोला बराल, जमुना परियार, हरिश्चन्द्र तिमिल्सिना, कुशल अधिकारी, बुद्धिजंग कार्की, लक्ष्मीप्रसाद सुवेदी, सुमित्रा बन्जरा र राममणि बराल छन् ।

Advertisement

एमाले पोखरा ३० को अधिवेशनले भूमण्डल ताम्राकारको नेतृत्वमा नयाँ कमिटी गठन गरेको छ । कमिटी उपाध्यक्षमा भक्तबहादुर पुन, सचिव सुन्दर शर्मा पौडेल, उपसचिव कृष्ण ओझा र शान्ता दुलाल छन् ।

तपाईको प्रतिक्रिया