विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलको ४० औँ वार्षिकोत्सव

समाधान संवाददाता २०८१ पुष ४ गते १९:३०

पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलको ४० औँ वार्षिकोत्सव भएको छ । त्यस अवसरमा एकल नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण भएको थियो । एकल नृत्य प्रतियोगितामा करिब ३५ जना विद्यार्थीहरु सहभागी थिए ।

Advertisement


दुई तहमा भएको उक्त प्रतियोगितामा आधारभूत जुनियर तहबाट कक्षा ५ की छात्रा अदिती तिमिल्सिना प्रथम, कक्षा ४ की छात्रा दिया क्षेत्री द्वितीय, कक्षा ५ का छात्र आयन सुनार तृतीय र कक्षा २ की छात्रा इभानी बास्तोलाले सान्त्वना प्राप्त गरेका थिए ।

त्यसैगरी मावि तथा आधारभूत सिनियरतर्फबाट कक्षा ८ की छात्रा एस्थर तामाङ प्रथम, कक्षा १० की छात्रा सुजिता सुनार द्वितीय, कक्षा ९ की छात्रा आरोशी देवकोटा तृतीय र कक्षा ७ का छात्र विनायक गिरीले सान्त्वना प्राप्त गरेका थिए । यस एकल नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा नृत्य प्रशिक्षिका रञ्जु बाल्कोटी र कविता गुरुङ थिए ।

यसैगरी वार्षिक रुपमा भइरहने खेलकुद कार्यक्रमका विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथमा प्याब्सन कास्कीद्वारा प्रथम भएको मार्च पास्टको पुरस्कार पनि वितरण गरिएको थियो । विद्यालयका संस्थापक शम्भुलाल कार्कीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सहायक प्राचार्य नीलकण्ठ पौडेल तथा सञ्चालन शिक्षिका माया क्षेत्रीले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया