एमाले पोखरा १४ अध्यक्षमा बटुकृष्ण

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पोखरा १४ को दोस्रो अधिवेशनबाट बटुकृष्ण कुँवर अध्यक्ष निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट कुँवर दोस्रो पटक सर्वसम्मत अध्यक्ष भएका हुन् ।
अधिवशेनले कुँवरको नेतृत्वमा २३ सदस्य कमिटी गठन गरेको जिल्ला कमिटी सदस्य तथा वडा नम्बर १४ का सहइन्चार्ज एकेन्द्र कुँवरले जानकारी दिए । उपाध्यक्षमा जितेन्द्रजंग थापा र सचिव दीपबहादुर खत्री, महिला उपसचिव सिर्जना सुनार र खुला उपसचिवमा गौतम सुनार सर्वसम्मत बने ।
खुला सदस्यमा ओमप्रसाद श्रीस, अर्जुन कुँवर, कृष्णबहादुर खाँड, चन्द्रबहादुर क्षत्री, कृष्ण महर्जन, महेन्द्र भुर्तेल, प्रकाश ढकाल, घनश्याम अधिकारी चुनिँदा खुला महिला सदस्यमा सरिता गुरुङ र अम्बादेवी गिरी छन् ।
श्रमिक सदस्यमा भीमबहादुर शाह, युवा सदस्यमा झलकप्रसाद तिवारी, युवा महिला सदस्यमा कृति गिरी, आदिवासी सदस्यमा फत्तबहादुर गुरुङ, उत्पीडित महिलामा सुनिता विक र मिरा विक निर्वाचित भएका हुन् । खुला सदस्यमा भीमबहादुर गुरुङ निर्वाचित बने ।
तपाईको प्रतिक्रिया