प्रधानमन्त्री लक्षित रास्वपा कार्यकर्ताको आपत्तिजनक पोष्ट, मृत्युको कामना
समाधान संवाददाता
२०८१ पुष ८ गते ९:००

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कास्कीस्थित एक कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर सामाजिक सञ्जालमा फेसबुकमा आपत्तिजनक पोष्ट गरेका छन् ।
उनले प्रधानमन्त्रीलाई हत्यारा मात्र भनेका छैनन्, प्रधानमन्त्रीको मृत्युको कामना समेत गरेका छन् ।
यस्तो पोष्ट गर्ने रास्वपा कार्यकर्ता कास्कीको मादी गाउँ पालिकाका पदम राज पौडेल हुन् । उनी पोखराको काँहु खोलामा ईलेक्ट्रोनिक्स पसल गर्छन ।

पदम राज तिनै मान्छे हुन जसले रास्वपाको रवि लामिछाने समर्थित आन्दोलनमा घुसपैठ गरेको भन्दै रास्वपाकै कार्यकर्ताबाट निर्घात कुटाई खाएका थिए ।
कुटिएपछि घरमै आराम गरेर बसेका उनीसंग रास्वपाका नेताहरु स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ लगायतले भेटेर माफी मागेका थिए । त्यसपछि उनी रास्वपामा झनै बढी सकृय रहेको उनका सामाजिक पोष्टका अभिव्यक्तिले देखाउछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया