रवि लामिछानेसहित ५ जना बयानका लागि अदालतमा

समाधान संवाददाता २०८१ पुष ८ गते ११:३०

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित ५ जनालाई बयानका लागि सोमबार बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

Advertisement

रवि, पूर्व डीआईजी एवम गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङलाई अदालत उपस्थित गराइएको हो ।

आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको थियोे भने आज देखि थुनछेक बहस हुने अदालतले जनाएको छ । थुनछेक बहसपछि थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय आउनेछ ।

प्रहरीले सहकारीको रकम व्यक्तिगत रूपमा अनि गोर्खा मिडियामा संस्थागत रूपमा समेत अपचलन गरेको आरोपमा जीबी राई, छविराज जोशी अनि रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया