एमाले पोखरा १८ मा अरुण
समाधान संवाददाता
२०८१ पुष १० गते १९:४२

पोखरा । नेकपा (एमाले) पोखरा महानगरपालिका वडा कमिटी १८ सराङकोटको दोस्रो वडा अधिवेशन भएको छ ।
अधिवेशनले अध्यक्ष अरुण थापाको नेतृत्वमा ४२ सदस्यीय वडा कमिटी निर्माण गरेको छ । कमिटीको उपाध्यक्षमा शालिकराम तिमिल्सिना, सचिव बलराम जिसी, उपसचिवमा इन्द्रकुमारी रेग्मी र शोभा ढकाल छन् ।
कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य जगत विश्वकर्मा, जिल्ला कमिटी सदस्यहरु राजु तिमिल्सिना, भोजकुमारी थापा लगायतले समसामयिक राजनीति र एमालेले खेलेको भूमिकाबारे बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया