त्रिवेणी इन्टरनेसनलमा विद्यार्थी स्वागत

समाधान संवाददाता २०८१ पुष १२ गते १९:३५

लेखनाथ । त्रिवेणी इन्टरनेसनल कलेज पोखरा २७ को विद्यार्थी कल्याणकारी समितिले बिबिएस प्रथम वर्षका विद्यार्थीलाई शुक्रबार स्वागत गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले गुणस्तरीय शिक्षा उपलब्ध गराएर विद्यार्थी पलायन रोक्नुपर्नेमा जोड दिए ।

Advertisement

अध्यक्ष गुरुङले त्रिवेणी इन्टरनेसनल लेखनाथको निजी क्षेत्रबाट सञ्चालित उत्कृष्ट कलेज रहेको उल्लेख गरे । सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईले कलेजबाट उत्पादित जनशक्तिले राज्यका विभिन्न निकायको प्रतिस्पर्धामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको उल्लेख गरे । अध्यक्ष भट्टराईले गुणस्तरीय शिक्षाले विद्यार्थीको कलेज छाड्ने दरमा नियन्त्रण आउने उल्लेख गरे ।

कलेज प्रमुख यदुराज आचार्यले प्रविधिसँग अभ्यस्त बनाई व्यवस्थापन विषयको अध्यापनका कारण स्नाकोत्तरसम्मको अध्ययनमा विद्यार्थीहरुको उल्लेख्य संख्या रहेको बताए । कलेजका एकेडेमिक सल्लाहकार प्राडा इन्द्रप्रसाद तिवारीले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने गरी जनशक्ति उत्पादनमा जोड दिए । उनले बिबिएसको अध्ययनपछि विद्यार्थी व्यापारदेखि रोजगारका हरेक क्षेत्रमा अब्बल रहन सक्ने बताए ।

सञ्चारकर्मी नवराज सापकोटाले नेपालमै विद्यार्थी आकर्षण गर्न सक्ने गरी समय अनुसारको पाठ्यक्रम र एकेडेमिक कोर्स राख्नुपर्नेमा जोड दिए । विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदीपमोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कलेजमा बिबिएसतर्फ पहिलो वर्ष १ सय ५० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेज लेखनाथ क्षेत्रकै अग्रणी शैक्षिक क्षेत्रका रुपमा छ ।

Advertisement

तपाईको प्रतिक्रिया