तनहुँका सबै पालिकामा माओवादीको नयाँ नेतृत्व

दुलेगौँडा ।
तनहुँका सबै पालिकामा नेकपा (माओवादी केन्द्र)ले नयाँ नेतृत्व चुनेको छ । भिमाद नगर कमिटीको अध्यक्षमा पुन अमृत सिग्देल निर्वाचित बने ।
शनिबार भएको नगर कमिटीको दोस्रो अधिवेशनमार्फत सिग्देलको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक ओमराज आले मदनले जानकारी दिए । उपाध्यक्षमा मौसम गैह्रे, दशरथ गैह्रे, तीर्थ सिग्देल, सचिव दिनेश सिग्देल, सहसचिव हुमनाथ सिग्देल र कोेषाध्यक्षमा प्रमिला थापा छन् ।
जिल्ला संयोजक आलेले शनिबार भिमादमा खबरदारीसहित भएको नगर कमिटीको अधिवेशनसँगै जिल्लाका १० वटै पालिकामा अधिवेशन सकिएको सुनाए ।
पालिका अधिवेशनमार्फत व्यास नगरपालिकामा गोपाल सुर्खाली, शुक्लागण्डकी नगरपालिका शरण सापकोटा, भानु नगरपालिकामा भरत थापा, ऋषिङ्ग गाउँपालिकामा डम्वर विक, घिरिङ गाउँपालिकामा चुननारायण श्रेष्ठ, म्याग्दे गाउँपालिकामा बालकृष्ण श्रेष्ठ, बन्दिपुर गाउँपालिकामा ध्रुवप्रसाद लामिछाने, आँबुखैरेनी गाउँपालिकामा खगराज गौली र देवघाट गाउँपालिकामा भुवन सिं गुरुङको अध्यक्षतामा कमिटी गठन भएका छन् ।
तपाईको प्रतिक्रिया