प्रतिभा माविमा गणित हाजिरीजवाफ

समाधान संवाददाता २०८१ पुष २१ गते १६:४६

पोखरा ।
विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउनका प्रतिभा माविले आइतबार गणितसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । विद्यालयमा विज्ञान अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीले प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए ।

Advertisement


विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीमा रहेको अन्तरनिहीत ज्ञान बाहिर ल्याउनका लागि नियमित शैक्षिक गतिविधिबाहेक अतिरिक्त क्रियाकलाप अन्तर्गत गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेल र गणित समाजका केन्द्रीय सचिव डा परमेश्वरी कट्टेलले उद्घाटन गरे ।


विद्यालय १७ वटा सेक्सनका ४६ समूहले प्रारम्भिक प्रतिश्पर्धामा भाग लिएका थिए । तिनै समूहबाट अन्तिम प्रतिश्पर्धाका लागि ८समूह छानिएका थिए । हरेक समूहमा ३ जनाका दरले सहभागी थिए । विद्यालयमा हुने यस्ता गतिविधिले विद्यार्थीले आफैले आफैलाई परीक्षण गर्न सक्ने पनि उनले बताए ।

प्राचार्य सापकोटाले गणित विषयको अध्ययनले जो कोही विद्यार्थीलाई सफलता दिलाउने बताए । ‘गणितका विद्यार्थीमा मेहनत र अनुशासन अति नै आवश्यक पर्छ,’ प्राचार्य सापकोटाले भने, ‘अध्ययनका क्रममा गणित विषय अब्बल भएमा सबै विषयमा राम्रो गर्न सकिन्छ ।’ उनले गणितको सम्बन्ध दर्शनसँग पनि जोडिएको बताए । प्रतिश्पर्धामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृति पनि गरिने उनले उल्लेख गरे ।


कट्टेलले गणित विषयले हाम्रो जीवन एकअर्कासँग जोड्न सघाउने बताए । विद्यार्थीमा आफूमा कुन तहको ज्ञान छ भन्ने प्रमाणित गर्न गणितले सघाउने बताए । विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले विद्यार्थीको क्षमता पहिचान गर्नका लागि प्रतिश्पर्धा आयोजना गरेको बताए । ‘विद्यार्थीमा फरक फरक क्षमता हुन्छन् । फरक व्यक्तिसँग फरक क्षमता हुन्छ ।

Advertisement

गणितको ज्ञान हुनु अर्काे क्षमता हो,’ उनले भने, ‘किताबीबाहेक अतिरिक्त ज्ञान हासिल गर्नका लागि विद्यालयले यस्ता गतिविधि गर्दै आएको छ ।’ विद्यार्थीलाई अतिरिक्त ज्ञान दिलाउन शनिबार विद्यालयमै फु फेस्टिबल आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया