सहारा बाल आविमा प्राथमिक उपचार अक्षयकोष

समाधान संवाददाता २०८१ पुष २३ गते १६:१६

पोखरा ।
सहारा बाल आधारभूत विद्यालय, पोखरा ९ मा नेवाः मिसा पुचः पृथ्वीचोकले प्राथमिक उपचार अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा विद्यालयका ६० जना छात्राहरुलाई महिनावारी स्वास्थ्य र सरसफाइ सम्बन्धी सचेतनामूलक अन्तक्र्रिया कार्यक्रम पनि सञ्चालन भएको थियो ।

Advertisement


संस्थाका अध्यक्ष लक्ष्मी मुल्मीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिन् । नेवाः मिसा पुचः पृथ्वीचोकका सचिव नविना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रोमा रजकले गरेकी थिइन् ।


संस्थाकी अध्यक्ष लक्ष्मी मुल्मीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले दाताहरुप्रति धन्यवाद व्यक्त गरे । पोखरा महानगरपालिका वडा नम्बर ९ का जनप्रतिनिधि नन्दराम गिरीले आयोजक संस्थालाई धन्यवाद दिए । नेवाः खल कचाः पृथ्वीचोकका अध्यक्ष रेशमबाबु श्रेष्ठले आगामी दिनमा थप सहयोगका लागि तयार रहने बताएका थिए ।


२५० बालबालिकाहरू अध्ययन गर्ने विद्यालयमा आयोजना गरिएको कार्यक्रममा संस्थाकी अध्यक्ष लक्ष्मी मुल्मीले कोषको सुरुवात गरेर बिजारोपण गर्न पाउँदा खुसी व्यक्त गरिन् ।

विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तव्य दिएको कार्यक्रममा नेवाः मिसा पुचः पृथ्वीचोकका संस्थापक अध्यक्ष तथा विद्यालयका सल्लाहकार रेविका श्रेष्ठ, सहारा क्लब पोखराका अध्यक्ष, नेवाः मिसा पुचः का पदाधिकारीहरु, नेवाः खल पृथ्वीचोकका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, सल्लाहकारहरु, शिक्षक– अभिभावक तथा विद्यार्थीहरु सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया