पोखरा गेट भत्काइएकोमा अरुण गिरीको आक्रोश

समाधान संवाददाता २०८१ पुष २९ गते ११:३१

पोखरा ।

Advertisement

पोखराको अमरसिंह चोक र औद्योगिक क्षेत्रको बीचमा रहेको ऐतिहासिक पोखरा गेट भत्काइएको घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अरुण गिरीले कडा आक्रोश व्यक्त गरेका छन्। मध्य रातमा गेट भत्काउने जस्तो गैर-जिम्मेवार कामले इतिहास नै मेटाउने प्रयास भएको उनले बताए ।

गिरीले भने, ‘महानगरले सर्वदलीय बैठक त बोलाउँछ, सबै दलले एजेन्डामा धारणा राख्छन्, तर निर्णय भने केही लेखिन्न। ‘केहि त लेखौं, सबैको सहमतिमा निर्णय गरौं’ भन्दा पनि सहमति हुँदैन। सडक परियोजनाका नाममा जनताको भावना र निवेदनलाई पूर्ण रुपमा उपेक्षा गरिएको छ ।’

गिरीले यो घटनालाई लोकतन्त्रको उपहास भनेका छन्। पुनर्निर्माणका लागि एउटा सामान्य सहमति गर्ने कागजमा समेत हस्ताक्षर नगरिएकाे बताउँदै, मापदण्ड अनुरुप पुनर्निर्माण गर्ने प्रस्ताव गर्दा पनि अस्वीकार गरिएकाे उनकाे भनाइ छ ।

उनले यस घटनालाई ‘शो कल्ड अग्रगामीहरु’ को उदाहरण भन्दै जनस्तरबाटै यसको समाधान निकाल्नुपर्ने धारणा राखे। गिरीले पुनर्निर्माणका लागि स्थानीय जनस्तरबाट नै कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

Advertisement

पोखरा गेट ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको भन्दै स्थानीयवासीहरुले पनि यस घटनाप्रति गहिरो असन्तुष्टि जनाएका छन्। उनीहरुले गेटलाई पुनर्निर्माण गरेर यसको पुरानै स्वरुपलाई कायम गर्नुपर्ने माग राखेका छन्।

तपाईको प्रतिक्रिया