कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा पोखरेल
समाधान संवाददाता
२०८१ माघ ३ गते १०:५६

पोखरा । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा (नीतितर्फ) मा डा. जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन् ।
पोखरेललाई कांग्रेस उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको निर्देशकमा नियुक्त गरेका हुन् ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै पोखरेललाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ घ बमोजिम उपसभापति खड्काले नियुक्त गरेको जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया