अल्फा एकेडेमीमा लागुऔषध तथा भूकम्पीय जोखिम न्यूनीकरण तालिम

समाधान संवाददाता २०८१ माघ ५ गते १७:२७

पोखरा । पोखरा २६ मा रहेको अल्फा एकेडेमीमा एक दिवसीय लागुऔषध तथा भूकम्पीय जोखिम न्यूनीकरण तालिम भएको छ । शुक्रबार कार्यक्रम सशस्त्र प्रहरी बल नं. २४ गण कालिका, मालेपाटनको सहजीकरणमा भएको हो । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई केन्द्रित गरी अभिमुखीकरण आयोजिना गरिएको हो ।

Advertisement

सशस्त्र प्रहरी बल नं. २४ का प्रहरी निरीक्षक विश्वराज त्रिपाठीले लागुऔषधसम्बन्धी सचेतनाबारे सहजीकरण गरे । प्रहरी नायब निरीक्षक दीपक सिग्देलले भूकम्पीय जोखिम न्यूनीकरणबारे प्रकाश पारे । त्रिपाठीले विद्यार्थी उमेरमै यस खालका सचेतना कार्यक्रम सञ्चालन गर्नाले भविष्यमा लागुऔषध प्रयोग कम भई सभ्य समाज निर्माण गर्न सहयोगी हुने धारणा राखे ।


सहजकर्र्ता सिग्देलले नेपाल भूकम्पीय जोखिमका दृष्टिले निकै उच्च जोखिमयुक्त रहेका कारण विद्यार्थीमार्फत समुदायमा भूकम्पसम्बन्धी सचेतना पुर्‍याउन सकेमा भविष्यमा आउन सक्ने भूकम्पबाट क्षति कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । पाठ्यक्रममै समावेश भएका विषयमा थप ज्ञान सिक्ने अवसर प्राप्त भएकोमा विद्यार्थी उत्साहित देखिन्थे ।

सो अवसरमा विद्यार्थीलाई खेलकुद सामग्रीसमेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेशराज पौडेल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया