सहकारी ठगी प्रकरणमा जिसस म्याग्दी प्रमुख पक्राउ

समाधान संवाददाता २०८१ माघ २० गते १२:३१

पोखरा । सहकारी ठगी प्रकरणमा म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ परेका छन् । जिसस प्रमुख राजकुमार थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

थापासँगै उनको समूहले कुमारी सहकारीको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार थापा नै रहेको आरोप सहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो ।

प्रतिवेदनमा सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कूल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उल्लेख छ ।

पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पोखराले हालै तयार पारेको यो सहकारीको वित्तीय विश्लेषण तथा छानबिन प्रतिवेदन अनुसार १ अर्ब ४९ करोड रुपैयाँ हिनमिना भएको छ ।

Advertisement

प्रतिवेदन अनुसार थापाको संलग्नतामा १६ करोड रुपैयाँ हिनामिना भएको छ ।

सहकारीबाट लिएको रकमको ब्याज र साँवासमेत सहकारीमा नबुझाई छुट खर्च लेख्न लगाउने काम अहिले जिसस अध्यक्ष रहेका निवर्तमान उपाध्यक्ष राजकुमार थापा लगायतले गरेको प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया