गण्डकी प्रदेश दिवसमा सार्वजनिक विदा

समाधान संवाददाता २०८१ माघ २१ गते १३:४४

पाेखरा ।

Advertisement

गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबार गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरुमा विदा दिने निर्णय भएकाे हाे ।

गण्डकी प्रदेशको स्थापना २०७२ सालको माघमा भएको हाे । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकामा यसपालि एकैदिन मनाइन लागेको हो । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो ।

तपाईको प्रतिक्रिया