गण्डकी प्रदेश स्थापना दिवस

समन्यायिक विकासका लागि प्रतिबद्ध छौं

समाधान संवाददाता २०८१ माघ २२ गते ११:१४

सुरेन्द्रराज पाण्डे, मुख्यमन्त्री
गण्डकी प्रदेश सरकार ।

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले अगाडि सारेको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ सोच अनुरूप नागरिकको जीवनस्तर सुधार गर्न गण्डकी प्रदेश सरकार सदैव गम्भीर छ । संघीयताको कार्यान्वयनलाई मजबुत बनाउने उद्देश्यले पोखरामा यस अघि सम्पन्न राष्ट्रिय समन्वय परिषद् र अन्तरप्रदेश मुख्यमन्त्री बैठकले संघ, प्रदेश र स्थानीय तहवीचको समन्वय, सहकार्य, सहअस्तित्व तथा कार्य जिम्मेवारीका सम्बन्धमा थप स्पष्ट पार्न महत्वपूर्ण भूमिका खेलेको छ ।

Advertisement


मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम मार्फत् स्थानीय तहमा नवप्रवर्तन, उद्यमशीलता, सेवा प्रवाहमा सुधार लगायतका कार्यमा टेवा पुगेको साथै स्थानीय तहमा न्यायिक सहजकर्ताको व्यवस्थाबाट न्यायिक समितिको कार्यसम्पादमा सहयोग एवं सहजीकरण हुनेछ । प्रदेशको स्वास्थ्य क्षेत्रमा समायानुकुल सुधार एवं विपन्न वर्गको पहुँच अभिवृद्धिका लागि हालै गोरखाको आँपपिपल अस्पताल र बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको ५० शड्ढयाको प्रदेश अस्पतालको रूपमा स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको छ । गण्डकी प्रदेशका गुरुङ र मगर भाषालाई सरकारी कमकाजको भाषा बनाउन प्रक्रिया अगाडि बढाइएको छ ।


गण्डकी प्रदेश सरकारले सीमित स्रोत र साधनका बाबजुद कार्यक्रम तथा बजेटको विनियोजन दक्षतालाई संस्थागत गराउँदै समन्यायिक विकासको अवधारणालाई मध्यनजर राखेर बजेट विनियोजन भएको छ ।


पूर्वाधार विकासलाई विशेष जोड दिन परियोजना बैंकमार्फत योजना/कार्यक्रम व्यवस्थापनमा सुधार तथा परिमार्जनको थालनी भएको छ । समयमै सम्पन्न गरी सोको गुणस्तरीय प्रतिफल प्राप्त गर्न योजना अनुगमन, निरीक्षण तथा मूल्यांकन गर्न सम्बन्धित क्षेत्रकै प्रदेश सभा सदस्यको संयोजकत्वमा अनुगमन तथा मूल्यांकन समिति (संयन्त्र) निर्माण गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया