गण्डकी प्रदेश स्थापना दिवस

पहिलो दिन उत्साहजन रह्यो

समाधान संवाददाता २०८१ माघ २२ गते ११:३१

सुनीता थापा
प्रदेशसभा सदस्य, नेपाली कांग्रेस

Advertisement

मेरो पहिलो दिन उत्साहजनक रह्यो । प्रदेश सभामा जनजाति तथा अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्व गर्दै आउन पाउँदा गर्व लागेको छ । यो जिम्मेवारी केवल मेरो मात्र होइन, मेरो समुदायको पनि हो । म समावेशी नीति, समान अवसर र सबै नागरिकका अधिकारको सुनिश्चितताका लागि काम गर्न प्रतिबद्ध छु र पहिलो अनुभव प्रेरणादायी छ । अपांगता भएका नागरिकहरुको प्रतिनिधित्व गर्दै गर्दा मेरो जिम्मेवारी झन् गहिरो महसुस त पक्कै भएको छ । अब नीति निर्माणमा हाम्रो आवाज सुनिश्चित गर्नु, समावेशी विकासलाई प्राथमिकता दिन नीति निर्माणका कामलाई प्रथामिकता दिनु मेरो पहिलो प्रथामिकता हुनेछ ।


अब अपांगता भएका व्यक्तिहरुको पहुँचयुक्त पूर्वाधार निर्माण, शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा सुधार गर्न म प्रदेश सरकारलाई प्रभावकारी नीतिहरू बनाउन मेरो मुख्य भूमिका सुरु भएको छ । त्यसमा सबैले साथ दिनुहुन्छ भन्ने विश्वास छ । मलाई लाग्छ अब यो क्षणमा आइपुग्दा दलहरुबीच सहकार्य, दीर्घकालीन सोच र जनताको आवश्यकता अनुरुप नीति निर्माणलाई पहिलो प्रथामिकता दिनुपर्छ ।

हिजो बाहिरबाट हेर्दा जे कुरा महसुस गरेको थिएँ, अब त्यसमै लाग्ने छु । समग्रमा भन्नुपर्दा मैले प्रतिनिधित्व गर्ने समुदायका आवाजलाई नीति निर्माणमा प्रभावकारी रुपमा उठाउने छु र प्रदेश सरकारलाई उनीहरूको जीवनस्तर सुधार्न व्यावहारिक समाधानहरू गर्न मेरो भूमिका रहनेछ ।


(प्रदेश सभा सदस्य विमला गौचनको निधनपछि थापा समानुपातिक सूचीबाट प्रदेश सभा सदस्य भएकी हुन्, माघ २१ गते उनले पहिलोपटक सभामा भाग लिइन्)

Advertisement

तपाईको प्रतिक्रिया