गण्डकी प्रदेश स्थापना दिवस

निराशा चिर्नु पर्छ

समाधान संवाददाता २०८१ माघ २२ गते ११:४०

हरिबहादुर चुमान
संसदीय दल नेता, माओवादी

Advertisement


प्रदेश संरचना संघीय राज्य प्रणालीको अनिवार्य आवश्यकता हो । अझ प्रदेशलाई संघीयताको मेरुदण्ड पनि भनिन्छ । प्रदेशबिना संघीयताको परिकल्पना गर्न सकिँदैन । अरु संरचना त पहिले पनि थिए । संघीयताको ब्युटी भनेको प्रदेश संरचना नै हो । यो नयाँ पनि छ । यसलाई मलजल गर्ने काम पनि हाम्रो नै हो । तर, पनि हामीले जुन जसरी परिकल्पना गरेका थियौं । यस्तो होला भन्ने सोचेका थिएनौं । अहिले धेरै आलोचना भइरहेको छ । निराशा छाएको छ । त्यसलाई चिर्दै अगाडि बढ्नुपर्छ भन्ने हामी सबैको एकमत छ । यद्यपि पनि पहिलो कार्यकाल निकै उत्साहपूर्ण थियो ।


म दोस्रोपटक निर्वाचित हुनेमा पर्छु । पहिलो कार्यकाल र दोस्रो कार्यकाललाई हेर्दा सुरुमा निकै उत्साह थियो । काम पनि त्यो बेला धेरै भएको हो । तर, अन्तिमतिर आउँदा राजनीतिक अस्थिरता देखियो, त्यसले केही धक्का पक्कै लाग्यो । तर, पनि पहिलो कार्यकालमा जेजे गर्नुपर्ने हो । त्यो जग बसाल्ने काम भयो ।

तर, दोस्रो कार्यकालसम्म आइपुग्दा पहिले जति उत्साह देख्दिनँ । पहिलोभन्दा कमजोर मैले महसुस गरेको छु । धेरै निराशा छन् । ती निराशालाई चिर्ना हामी सबै एक हुनपर्छ भन्ने लागेको छ । मैले अहिले सरकारको नेतृत्व गर्ने नेताहरुलाई भनेको छु, तपाईंहरु प्रदेश संरचनालाई बलियो बनाउन काम गर्नुस् हाम्रो दलले पूर्ण सहयोग गर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया