गण्डकी प्रदेश स्थापना दिवस

नयाँ भिजन बोकेको पुस्ता आउनुपर्छ

समाधान संवाददाता २०८१ माघ २२ गते १२:१९

दमयन्ती रुचाल,
प्रदेश सभा सदस्य, नेकपा (माओवादी केन्द्र)

गण्डकी प्रदेश सरकारले खासै महत्वपूर्ण उपलब्धि प्राप्त गर्न सकेको छैन । सरकारले केही काम गरेको भए पनि प्रगति भएको देखिएको छैन । ती काम जनतासम्म पुग्ने गरी प्रभावकारी हुन सकेका छैनन् । भौतिक पूर्वाधारका क्षेत्रमा थोरै परिणाम देखिएका छन् । कार्यसम्पादन राम्रो गर्न सके योभन्दा बढी प्रगति हुने अनुभव गरेका छौं ।

Advertisement


कतिपय योजना बनाएर पनि कार्यान्वयन अलपत्र छ । नीति बनाएरमात्र हुँदैन, कार्यान्वयन आवश्यक छ । बजेट विनियोजनमा सरकार धेरै कमजोर देखिएको छ । दलितमैत्री, महिलामैत्री, बालबालिकामैत्री, जनजाति, अल्पसंख्यकमैत्री बजेट साह्रै थोरै छ । काम गर्ने तरिका परम्परागत छन्, जसले आउनुपर्ने जति नतिजा देखिएको छैन । नयाँ ढंगले संघीयताको संरचनाको स्थापना गरिएको हो । यसलाई सञ्चालन गर्ने तरिका पनि नयाँ हुनुपर्ने हो, जुन हुन सकेको छैन ।


प्रदेश सरकार जनताको घरदैलोमा छिट्टो र सजिलै पुग्न सक्नुपर्छ । त्यसैले प्रदेश महत्पूर्ण छ । संघ सरकार र जनताबीच फराकिलो दूरी छ । प्रदेश सरकार भएर हो सांसद धेरै भएका, संघ सरकारमात्र हुन्थ्यो भने जनताले संघीय सरकारलाई भेट्नै मुस्किल पथ्र्याे, जनताका कुरा पुग्न सम्भव नै हुन्थेन । नयाँ पुस्ताको मानसिकता अनुसार नयाँ प्रविधिबाट काम गर्न सके प्रदेशले छलाङ मार्ने निश्चित छ । प्रदेशको विकास र समृद्धिका लागि नयाँ भिजन बोकेका नयाँ पुस्ता सरकारमा आउनुपर्छ ।

तपाईको प्रतिक्रिया