शान्ति आधारभूत विद्यालयको वार्षिकोत्सव
पोखरा ।
पोखरा महानगरपालिका ३०, शिशुवास्थित शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा वसन्त पञ्चमीको दिन भएको
वडा नं. ३० वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विद्यालयको प्रगतिप्रति सन्तोष व्यक्त गरे । उनले विद्यालयको विकासका लागि वडाका तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै शिक्षा असल भए मात्र समाज असल मार्गमा जाने बताए । सुवेदीले वडा नम्बर ३० को नमुना विद्यालयका रुपमा शान्ति आविको विकास भएको हेर्न चाहेको धारणा राखे ।
शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले विद्यालयको विकासका लागि शैक्षिक र व्यवस्थापकीय नेतृत्वको समर्पणभाव हुनुपर्ने उदाहरण शान्ति आविले प्रस्तुत गरेको बताए । उनले विद्यालयको प्रगति यही गतिमा हुँदै गएमा शान्तिले आफूलाई छिटै आविबाट माविमा परिणत गर्ने दिन आउने आँकलन गरे ।
विद्यालयका प्रधानाध्यापक मनिराम कडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा नियमित पठनपाठनलाई प्रविधियुक्त बनाउँदै विद्यार्थीका प्रतिभा उजागर गर्ने खालका गतिविधिमा जोड दिइएको जानकारी दिए ।
वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य विनोदप्रसाद लामिछानेले शान्ति आधारभूत विद्यालय वडा नम्बर ३० को गौरव भएको बताए । उनले विद्यालयको विकासका लागि आफू जुनसुकै त्याग र पहल गर्न तयार रहेको भनाइ राखे ।
कार्यक्रममा शान्ति आवि वर्ष सम्मान २०८१ बाट शिक्षकहरु मेनसुबा गुरुङ र सरस्वती गौतमलाई सम्मान गरिएको थियो । विद्यालयलाई सहयोग गर्ने भरत सुनार, सरुण गुरुङ, मीना सुवेदी, माया रानाभाट, भुवानीप्रसाद सुवेदी र कविता भुसाललाई पनि सम्मान गरिएको थियो ।
महिला नेतृ विन्दुकुमारी भण्डारीले ५५ हजार रुपैयाँको छात्रवृत्ति अक्षयकोषका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीलाई चेक हस्तान्तरण गरिन् । उनले कोषमा समयअनुकूल रकम थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।
विद्यालयका सल्लाहकार लक्ष्मीप्रसाद त्रिपाठी, शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्ष नन्दबहादुर गुरुङ, नवज्योति सनत दुर्गा आविका प्रअ लीलामणि त्रिपाठी, कालिका मावि, पोखरा ३३ का प्रअ रुपिन्द्र प्रभावी, अभिभावक उत्तम तिवारी, नेकपा माओवादी वडा नं ३० का उपाध्यक्ष जीवन ढकाल, विद्यार्थी दिया नेपालीलगायतले शुभकामना दिए । कार्यक्रम सञ्चालन शिक्षिका विमला शर्माले गरेकी थिइन् ।
२०८० को वार्षिक शैक्षिक पुरस्कार, टीकाराम बास्तोला छात्रवृत्ति, खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियाे । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति राखेका थिए ।
२०१३ सालमामा स्थापित भएकाे विद्यालयमा कक्षा ८ सम्म का २०१ जना विद्यार्थी छन् ।
तपाईको प्रतिक्रिया