विद्यार्थीलाई रोटरीको साथ

समाधान संवाददाता २०८१ फागुन १ गते १२:२०

पोखरा ।
मुस्ताङको लोमन्थाङमा सञ्चालनमा रहेको छोन्हुप जिन्जु आधारभूत विद्यालयका विद्यार्थीलाई रोटरी क्लब अफ न्युरोड पोखराले मंगलबार पोखराको हेमजामा न्यानो कपडा वितरण गरेको छ ।

Advertisement


जाडो मौसममा लोमन्थाङबाट पोखरा झरी घुम्ती विद्यालयको रुपमासुइखेतमा अध्ययन गरिरहेका विद्यार्थीलाई जाडोको कपडा आवश्यक भएकाले ४१ थान न्यानो कपडा शिरदेखि पाउसम्मको हुट सेट वितरण गरिएको कार्यक्रमका संयोजक एवं संस्थाका संस्थापक अध्यक्ष रविप्रसाद बरालले जानकारी दिए । विद्यालयका प्राचार्य वाङ्दी गुरुङले ६ विद्यालय मर्ज भएर हाल यो विद्यालयमा ४१ जना विद्यार्थी रहेको जानकारी दिए ।


चिसो सुरु भएपछि लोमन्थाङबाट पोखरा झरेका विद्यार्थी बैशाखको पहिलो हप्तामा मात्र लोमन्थाङ जानेछन् । कार्यक्रममा क्लबका अध्यक्षदीदपेन्द्र शर्माले रोटरी क्लबले शिक्षा र स्वास्थ्यमा काम गर्दै आएको जनाए ।

तपाईको प्रतिक्रिया