पोखरा युनाइटेडमा बिदाइ
समाधान संवाददाता
२०८१ फागुन २ गते २०:१८

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीले एसईईमा सहभागी हुने विद्यार्थीलाई बिदाइ गरेको छ । कक्षा ९ ले एक कार्यक्रम आयोजना गरी कक्षा १० उत्तीर्ण भई एसइईमा सहभागी हुने ३० विद्यार्थीलाई मायाको चिनोसहित बिदाइ गरेको हो ।
विद्यालयमा प्राचार्य बयानबहादुर गोदार, सहायक प्राचार्यद्वय देवेन्द्र अधिकारी र गोविन्द चापागाइँले एसइई परीक्षाका लागि बाँकी समयमा अत्यन्तै मेहनत गर्न र उत्कृष्ट नतिजासहित उत्तीर्ण हुन विद्यार्थीलाई शुभकामना दिए ।
प्राचार्य गोदारको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ९ की नारायणी नेपालीले स्वागत र अदीति श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा कक्षा ९ का विद्यार्थीले विभिन्न सांस्कृतिक र सांगीतिक प्रस्तुति राखेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया