पोविविमा इन्क्युबेसनसम्बन्धी छलफल

पोखरा । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा इन्क्युबेसन सेन्टरका लागि सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ । कार्यक्रममा व्यवसायी, उद्यमी, प्राध्यापक, परामर्शदाता, व्यापारिक अगुवा र वित्तीय विज्ञहरूबीच उद्यमशीलता, नवीनता तथा सहकार्य प्रवद्र्धन गर्ने रणनीतिहरूमा छलफल भएको छ ।
कार्यक्रममा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेश ठगुराठीले इन्क्युबेसन सेन्टरको महत्व उजागर गर्दै यसले स्टार्टअप र उद्योग प्रवद्र्धनमा एकेडेमियाको योगदान जोड्ने बताए । अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्राडा नमराज धामी, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सह–प्राडा पूर्णबहादुर खाँड, स्कूल अफ बिजनेसका निर्देशक डा. श्रृजन ज्ञवाली र नवराज अधिकारीले संस्थागत प्रयासहरू तथा व्यवसाय प्रवद्र्धन केन्द्रको उद्देश्यबारे प्रकाश पारे ।
बैठकमा रवि भण्डारी (एनआइिटिइसी) ले बीज कोषको मोडालिटीबारे र समुन्द्र पौडेल (एनसिआइटी) ले इन्क्युबेसन सेन्टरहरूको रणनीतिक भूमिकाबारे प्रस्तुति दिए । त्यस्तै, हरि खनालले वित्तीय व्यवहार्यताका चुनौतीहरूबारे प्रकाश पारे । समीर केसी, आशिष अर्याल, डा. अनन्त ढुंगाना, डा. हिमलाल गौतम, राजेन्द्र थापा, आरती त्रिपाठी, असीम रिमाल, विजय शर्मा र अर्जुन भण्डारीले एकेडेमिया– उद्योग सहयोग, इन्क्युबेशन अभ्यास र नीति सिफारिसबारे प्रस्तुति दिए ।
कार्यक्रमलाई डा. दीपाञ्जल श्रेष्ठले सहजीकरण गरे भने साहिल काफ्ले र सचिन घिमिरेले आफ्ना अनुभवहरू साझा गरे । युवराज त्रिपाठी र कुलदीप पौडेलले अन्तर्दृष्टि प्रस्तुत गरे । जीवन भण्डारी, विश्वास आचार्य र डा. शान्तिदेवी छेत्रीले बैठकको निष्कर्ष प्रस्तुत गरे ।
बैठकको सुरुवातमा ड. शान्तिदेवी छेत्रीले स्वागत सम्बोधन गरेकी थिइन् भने समापनमा जीवन भण्डारीले धन्यवाद ज्ञापन गरेको सूचना अधिकारी लोकप्रसाद ढकालले बैठक सम्पन्न भएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया