सिर्जना स्कुलमा शैक्षिक प्रदर्शनी

समाधान संवाददाता २०८१ फागुन ३ गते २०:२९

पोखरा । पोखरा ८ सृजनाचोक शान्तिमार्गमा अवस्थित सिर्जना सेकेन्डरी स्कुलमा फागुन ३ गते शनिबारका दिन बृहत शैक्षिक प्रदर्शनी २०८१ कार्यक्रम सम्पन्न भयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सिर्जनशील क्रियाशील एवं व्यावहारिक बनाउँदै विद्यार्थीभित्रको अन्तर्निहित प्रतिभा उजागर गरी रचनात्मक तथा प्रयोगमुखी सिकाइ गराउँदै लैजाने उद्देश्यका साथ उक्त बृहत् शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisement

विद्यालयको कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरूले विषयगत रुपमा तयार पारेका परियोजना कार्यका मोडल तथा विविध शैक्षिक सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए । विद्यालय प्रांगणका साथै कक्षाकोठामा कक्षा कोठामा राखिएका करिब ६० वटा स्टलहरूमा विज्ञान गणित कम्प्युटर सामाजिक नेपाली अंग्रेजी स्वास्थ्य तथा शारीरिक शिक्षा लेखा बिजनेस स्टडी टुरिजम होटल म्यानेजमेन्ट आदि विषयमा विद्यार्थीहरूले झन्डै ९०० परियोजनाका मोडलहरू प्रस्तुत गरेका थिए । उक्त प्रदर्शनीमा विद्यालयका विद्यार्थी अभिभावक भूतपूर्व विद्यार्थी छिमेकी विद्यालयका प्रिन्सिपल शिक्षक एवं विद्यार्थीहरू गरी करिब ४ हजार जनाले प्रदर्शनी अवलोकन गरेका थिए ।

विद्यार्थीहरूको सिर्जनशील एवं रचनात्मक कार्यलाई प्रोत्साहन गरी हौसला प्रदान गर्नका लागि तहगत एवं कक्षागत रुपमा बाह्य विषय विज्ञद्वारा मूल्यांकन गरी प्रथम द्वितीय तृतीय स्थान छुट्याइएको थियो । विजेता विद्यार्थीहरुलाई कुनै कार्यक्रमका बीच पुरस्कृत गरिने कुरा कार्यक्रमका संयोजक कृष्ण घिमिरेले जानकारी दिए ।

उक्त कार्यक्रममा विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएका कार्यहरूलाई कक्षा १–३, ४–५, ६–७, ८–९ र ११–१२ गरी तहगत एवं विषयगत रुपमा छुट्टाछुट्टै मूल्यांकन गरिएको थियो । कक्षा ११ १२ को निर्णायकमा विज्ञानतर्फ कपिल अधिकारी राजु पौडेल नारायणदत्त बस्ताकोटी गणिततर्फ एनएन झा सामाजिक अध्ययनतर्फ बृहस्पति लम्साल, नेपालीतर्फ ज्ञानेश्वर सुवेदी लेखा विषयतर्फ हरि भण्डारी अंग्रेजीतर्फ केशव भट्टराई अर्थशास्त्रतर्फ मित्रलाल पौडेल बिजनेस स्टडीतर्फ हरि भण्डारी र होटल म्यानेजमेन्ट तर्फ विमर्श कुँवर थिए ।

यसैगरी कक्षा ४–९ निर्णायकमा नेपालीतर्फ पुरुषोत्तम लम्साल र ज्योति चालिसे सामाजिकमा सञ्जीवराज खनाल र कञ्चन गुरुङ, विज्ञान एवं स्वास्थ्य शारीरिक शिक्षातर्फ मेघराज तिमिल्सिना, योगेश पहारी र रामचन्द्र अधिकारी, गणितमा गुरुदत्त पौडेल, विमल देवकोटा र शालिग्राम अधिकारी, अंग्रेजीमा शशिधर बराल, आकाश सुवेदी र भेषराज सुवेदी थिए । कक्षा १–३ को निर्णायकमा सुनीता सुवेदी र टिका आचार्य थिए । यसका साथै कार्यक्रमलाई भव्य र सभ्य बनाउन विद्यार्थीबाट विभिन्न नेपाली तथा चिनियाँ भाषाका सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

Advertisement

उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक अम्बिकाप्रसादआचार्यले विद्यालयलाई सिकाइको थलो बनाउँदै सिकाइलाई टिकाई राख्न व्यावहारिकतालाई मध्यनजर गरी प्रयोगात्मक एवं वातावरण मैत्री सिकाइमा ध्यान दिएकोमा आभार प्रकट गरेका थिए । सो अवसरमा विद्यालयका सल्लाहकार कृष्णप्रसाद घिमिरेले स्वागत मन्तव्य राखेको थिए । विद्यालयका प्राचार्य डोलराज पाण्डेले सम्पूर्ण विद्यार्थी एवं शिक्षक वर्गलाई रचनात्मक कार्य गरेकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रम समापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बरालले गरेका थिए । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक सुबिन गुरुङले गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले रिबन काटेर कार्यक्रमको उदघाटन गरेका थिए । विशिष्ट अतिथिका रुपमा गण्डकी प्रदेश राष्ट्रिय परीक्षा बोर्डका प्रमुख गोविन्द पोखरेल र पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य रहेका थिए । यसैगरी अतिथिहरूमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत रामप्रसाद तिवारी, सिर्जना सेकेन्डरी स्कुल, विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुप्रसाद बराल र गिर्दारी सुवेदी थिए ।

तपाईको प्रतिक्रिया