नेसनल प्याब्सन कास्कीद्वारा एसइई दिने ११ सय विद्यार्थीलाई अभिमुखीकरण

समाधान संवाददाता २०८१ फागुन ६ गते २०:२२

पोखरा । नेसनल प्याब्सन कास्कीले एसइईका विद्यार्थीलाई लक्षित गरी परीक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

Advertisement

नजिकिँदै गरेको एसइई परीक्ष लक्षित गरी विद्यार्थीको ग्रेड वृद्धि गर्ने उद्देश्यका साथ एनप्याब्सन कास्कीमा आवद्ध विद्यालयका कक्षा १० का विद्यार्थीलाई अभिमुखीकरणमा सामेल गराइएको हो । कार्यक्रममा विद्यार्थी र विषयगत शिक्षक गरी १ हजार १ सय जना सहभागी थिए ।

विद्यार्थीलाई अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयमा अभिमुखीकरण गरिएको थियो । विद्यार्थीसँगै विषयगत शिक्षकलाई पनि अभिमुखीकरण कार्यक्रममा सहभागी गराइएको एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । ‘नजिकिँदै गरेको एसइई परीक्षामा विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन भन्ने उद्देश्यका साथ एनप्याब्सनले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो’, अध्यक्ष अधिकारीले भने, ‘संस्था र विद्यालयको साथ विद्यार्थीको सोच र मेहनतले उत्कृष्ट रिजेल्ट आउनेमा हामी विश्वस्त छौं ।’

कार्यक्रममा भक्तराज रसाइलीले विद्यार्थीलाई उत्प्रेरणा जगाउने प्रशिक्षण दिएका थिए । विषयगतमा अंग्रेजीतर्फ विक्रम सुवेदी, डिल्लीराम भट्टराई, अनिता अधिकारी, नेपालीतर्फ सञ्जीव पौडेल, शिवलाल उपाध्याय, कृतिका सुवेदी, गणिततर्फ भूमिराज अधिकारी, युवराज कँडेल, बलराम पौडेल, विज्ञानतर्फ तीर्थराज ढकाल, सञ्जीव त्रिपाठी, सिपी लामिछाने, सामाजिकतर्फ पितृराज अधिकारी, विष्णुकुमार दर्जी, विचित्र न्यौपानेले सहजीकरण गरेका थिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन यो कार्यक्रम फलदायी हुने बताए । ‘विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउनका लागि संस्था र विद्यालयले गरेको कार्यक्रमको सबैले सिको गर्न जरुरी छ’, प्रमुख आचर्यले भने, ‘नजिकिँदै गरेको एसइईमा ढुक्क भएर सामेल हुन विद्यार्थीलाई आग्रह गर्दछु ।’
पोखरा महानरगरपालिका शिक्षा माहाशाखा प्रमुख हेमप्रसाद आचार्यले अभिमुखीकरणले विद्यार्थीलाई कमी, मजोरीलाई सुधार्दै राम्रो नतिजा ल्याउन सघाउने अपेक्षा गरे ।

Advertisement

तपाईको प्रतिक्रिया