कास्की कांग्रेसमा ५ शाखा विस्तार

समाधान संवाददाता २०८१ फागुन ७ गते ५:११

पोखरा । नेपाली कांग्रेस कास्कीमा विभिन्न ५ वटा शाखा विस्तार गरिएको छ ।

Advertisement

कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले काँग्रेसको विद्यान एवं नियमावली अनुसार शाखा विस्तार गरेका हुन् ।

यसअघि गठन गरिएका शाखाहरु जिल्ला कार्यसमितिको बैठकले विघटन गरेपछि पाँच वटा शाखा विस्तार गरिएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

विस्तारित शाखाहरुमा बाबुराम गिरीको संयोजकत्वमा उद्योग वाणिज्य समन्वय शाखा,  विकास थापाको संयोजकत्वमा भातृ संस्था समन्वय शाखा, सुरेन्द्र अधिकारीको संयोजकत्वमा शुभेच्छुक संस्था समन्वय शाखा, धनमाया गुरुङको संयोजकत्वमा जनप्रतिनिधि समन्वय शाखा र अर्पण कोइरालाको संयोजकत्वमा अपांगता समन्वय शाखा छन् ।  अन्य शाखाहरु पनि क्रमिक रुपमा थप गर्दै लगिने सभापति बरालले बताए ।  

Advertisement

तपाईको प्रतिक्रिया