गण्डकीमा कांग्रेस एमाले संसदीय दलको बैठक

समाधान संवाददाता २०८१ फागुन ९ गते ९:१५

पोखरा । गण्डकी प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलको संयुक्त बैठक पोखरामा बसेको छ । गत भदौमा एमाले प्रदेश सरकारमा सहभागी भएपछि दुवै दलको संयुक्त बैठक बसेको थिएन ।

Advertisement

पहिला एमाले र माओवादीको संयुक्त सरकार भएका बेला यस्तो बैठक बसेको भन्दै एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारीले चाहाना राखेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बैठक डाकेका हुन् ।

लेकसाइडको कुटी रिसोर्टमा आज बिहान साढे ८ बजेबाट बैठक सुरु भएको हो ।

बैठकमा सरकार सञ्चालनमा देखिएका समस्यादेखि समन्वयका क्रममा आइपरेका वाधाका बारेमा छलफल हुनेछ । सरकारले प्रभावकारी रुपमा कार्यसम्पादन गर्न नसकेको, मन्त्रीहरु जिल्ला दौडाहा र कार्यक्रममा बढी व्यस्त भएका बारेमा दुवै पक्षका सांसदहरुले आवाज उठाउने भएका छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७ जना र नेकपा (एमाले) का २२ जना सांसद छन्। हाल कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेकामा यसपछि एमालेका खगराज अधिकारी पालो कुरेर बसेका छन् ।

Advertisement

९ सदस्यीय सरकारमा कांग्रेसका ४, एमालेका ४ र समाजवादी पार्टीका १ जना मन्त्री छन् ।

तपाईको प्रतिक्रिया