पूर्व सभापति आचार्यको निधनमा कांग्रेस कास्कीले १ दिन कार्यालय बन्द गर्ने

समाधान संवाददाता २०८१ फागुन ११ गते १४:५५

पोखरा । नेपाली कांग्रेस कास्कीका पूर्व सभापति तथा नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका निर्वतमान सभापति लीलाभक्त आचार्यको निधनप्रति कास्की कांग्रेसले दुख व्यक्त गरेको छ । जिल्ला सभापति किशोरदत्त बरालले आइतबार शोक विज्ञप्ति जारी गरेर आचार्यको निधनबाट नेपाली कांग्रेस कास्कीमा ठूलो क्षति पुगेको भन्दै दुख व्यक्त गरेका हुन् ।

Advertisement

स्वर्गीय आचार्यको सम्मानमा फागुन १२ गते आइतबार जिल्ला पार्टी कार्यालय बन्द गरिने तथा ३ दिन पार्टीको झन्डा आधा झुकाइने नेपाली कांग्रेस कास्कीले जनाएको छ।

आचार्यको ९६ वर्षको उमेरमा शनिबार निधन भएको हो । पोखरा महानगरपालिका–१७ निवासी आचार्य नेपाली कांग्रेसका सक्रिय नेता हुनुका साथै प्रजातान्त्रिक आन्दोलनका अग्रज मध्येका एक थिए।

आचार्यले आफ्नो जीवनभर लोकतन्त्र, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणका लागि योगदान पुर्‍याएका थिए। समाजसेवा र राजनीतिक क्षेत्रमा उनको भूमिका महत्त्वपूर्ण रहेको नेपाली कांग्रेस कास्कीले जनाएको छ।

उहाँका पाँच छोराहरू र नातिनातिनीसहित सम्पूर्ण परिवारजनलाई कांग्रेस कास्कीले समवेदना व्यक्त गरेको छ।

Advertisement

तपाईको प्रतिक्रिया