पोखरा २७ मा रास्वपाको संगठन निर्माण अभियान

समाधान संवाददाता २०८१ फागुन ११ गते १७:०२

लेखनाथ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत शनिबार कास्कीको पोखरा महानगरपालिका वडा २७ मा घरदैलो सहितको संगठन निर्माणको चौथो अभियान सुरु भएको छ ।

Advertisement


केन्द्रीय विभाग, प्रदेश विभाग, निर्वाचन क्षेत्र विभाग, कास्की जिल्ला समिति र महानगरपालिकाका पदाधिकारीसहितको टोलीले पार्टीले अघि सारेका एजेन्डा र पार्टी सभापति रवि लामिछानेविरुद्ध लगाइएका प्रतिशोधपूर्ण व्यवहारका बारेमा तल्लो तहसम्म पु¥याउने उद्देश्यले पोखरा महानगरपालिका वडा नम्बर २७ का विभिन्न ठाउँमा घरदैलो अभियान सञ्चालन गरिएको हो ।


यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा २७ ले शनिबारै सम्पन्न प्रथम अधिवेशनले आगामी कार्यकालका लागि सुनिल बराललाई सभापतिमा चयन गरेको छ । सर्वसम्मत रूपमा चयन भएको समितिको उपसभापतिमा ध्रुवराज पौडेल, सचिवमा रमेश तामाङ र सदस्यहरूमा रामप्रसाद अधिकारी, सन्दीपप्रसाद पौडेल, दुर्गा शर्मा सिग्देल, सुजता रानाभाट, धनबहादुर घर्ती र सुजता रानाभाट छन् ।


सोही कार्यक्रमको उद्घाटन गर्दै संघीय सांसद शिव नेपालीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको वर्तमान परिस्थितिलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा विचार व्यक्त गरे । उनले देशमा व्याप्त भ्रष्टाचार राष्ट्रिय समस्या भएकाले यसको अन्त्यका लागि आम नेपालीहरूले ‘म र मेरो’ नभनी ‘हामी र हाम्रो देश नेपाल’ भन्ने भावनाले अघि बढ्नुपर्ने बताएका थिए ।


कार्यक्रममा सार्वजनिक मामिला विभागका केन्द्रीय सदस्य उत्तमप्रसाद पौडेल, कास्की जिल्ला उपसभापति राजु राई, निर्वाचन क्षेत्रीय समितिका श्याम अधिकारी, पोखरा महानगर सभापति नारायण आचार्य, उपसभापति संगीता गौतम, निर्वाचन क्षेत्र नम्बर १ कास्कीका संयोजक श्रवणराज जमरकटेल र सचिव लक्ष्मण कार्की लगायतले ‘सहीलाई सही र गलतलाई गलत भन्ने सक्ने सोच आम नेपालीमा सिर्जना भएकाले सबै न्यायप्रेमी जनता मिसन २०८४ को प्रतीक्षामा रहेको’ बताएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया