भूपू विद्यार्थी मञ्चको सभा

समाधान संवाददाता २०८१ फागुन ११ गते १७:१२

पोखरा ।
भूपू विद्यार्थी मञ्च आनन्द ज्योति मावि पोखरा ३१ बेगनासको पाँचौं वार्षिक साधारणसभा एवं हाजिरीजवाफ प्रतियोगिता भएको छ । मञ्चले शनिबार आफ्नो पाँचौ वार्षिक साधारणसभाको अवसरमा मावि स्तरीय अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता गरेको हो ।

Advertisement


प्रतियोगितामा सुदर्शन रानाभाट, मनिस रानाभाट, मनिस सुनार र विद्या दाहालको रातो समूह प्रथम भएको छ भने सुदीप थापा, पवन कँडेल, सन्ध्या तिवारी र बिपना सापकोटाको हरियो समूहले द्वितीय स्थान प्राप्त गरेको छ । कञ्चन सुनार, अनुराधा अधिकारी, अमृत कँडेल र साजन तिवारीको नीलो समूहले तृतीय र एलिना सापकोटा, संगम परियार, सन्ध्या थापा र मिसन सुनारको पहेलो समूहले सान्त्वना स्थान पाए ।


मञ्चले सञ्चालन गर्ने गरी अक्षयकोष स्थापनाको लागि मञ्चका आजीवन सदस्य पदमराज पौडेलको तर्फबाट ३ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण भएको छ । कार्यक्रमाम पोखरा ३१ का वडा सदस्य देवेन्द्रराज अधिकारीले भूपू विद्यार्थीको संस्थाले स्कुललाई केन्द्रमा राखेर आयोजना गरेको यस्तो कार्यक्रमले शैक्षिक सुधारका लागि भूमिका खेल्ने बताए ।


मञ्चका संस्थापक अध्यक्ष नवराज अधिकारीले संस्था जन्मनुमात्रै ठूलो कुरा नभई यसलाई चलायमान बनाईराख्नु मुख्य चुनौती हुने उल्लेख गरे । मञ्चका अध्यक्ष विकासप्रसाद कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य सन्तोष अधिकारी, विद्यालयका १०+२ कार्यक्रम संयोजक शिक्षक सत्यराज कँडेल, विद्यार्थी मनिस रानाभाट, मञ्चमा उपाध्यक्ष सुशीला अधिकारी सिग्देल, सचिव कृष्णराज आचार्य, अक्षयकोष दाता पदमराज पौडेल, आनन्द ज्योतिका प्रधानध्यापक शिवराज अधिकारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया