डिजिटल मार्केटिङ र एआई तालिम सुरु

समाधान संवाददाता २०८१ फागुन १३ गते १२:४५

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारस्थित नीति एकेडेमीको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को समन्वयमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआइ टुल्ससम्बन्धी तालिम सुरु भएको छ । तालिममा पोखरा ६ का ४० जना विद्यार्थी सहभागी छन् ।

Advertisement


१ महिनासम्म सञ्चालन हुने तालिममा नीति एकेडेमीका डम्मर खडायत र माधव पोखरेलले प्रशिक्षण दिने छन् । एआई टुल्समार्फत पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले कार्यक्रम सुरुआत गरे । उनले युवा पुस्ताको आवश्यकता, आर्थिक उन्नति र समृद्धिलाई पनि ध्यानमा राखेर तालिमका लागि नीति एकेडेकीसँग सहकार्य गरिएको बताए ।


पोखरा ९ का वडाध्यक्ष मर्सानीले समय सान्दर्भिक तालिम आयोजना गरेकोमा धन्यवाद दिए । कार्यक्रममा पोखरा ६ की वडा सदस्य शोभा जलारी, एकेडेमीका अध्यक्ष माधव पोखरेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया