गण्डकी प्रदेशसभा सचिवालयमा अपांगता अधिकार विधेयक दर्ता

पोखरा । गण्डकी प्रदेशसभा सचिवालयमा अपांगता भएका व्यक्तिको अधिकार संरक्षण, प्रवद्र्धन तथा प्रभावकारी कार्यान्वयनका लागि नयाँ विधेयक दर्ता भएको छ । गण्डकी प्रदेशमा अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक चैत ३ गते गण्डकी प्रदेश सभा सचिवालयमा दर्ता भएको हो ।
प्रदेश सरकारले अपांगता भएका नागरिकको हकहित सुनिश्चित गर्न तथा उनीहरूका लागि सहज, समान र सम्मानजनक जीवनयापनको व्यवस्था गर्न यो विधेयक ल्याएको हो । विधेयकमा अपांगता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक यातायातमा पहुँच, सहायक प्रविधिको उपयोग तथा आत्मनिर्भर जीवनशैली विकासका लागि विभिन्न व्यवस्था समेटिएको छ ।
प्रदेश सरकारका अनुसार यो विधेयक पारित भइसकेपछि अपांगता भएका व्यक्तिहरूको जीवनस्तर सुधार्न विभिन्न कार्यान्वयन योजनाअघि बढाइनेछ । प्रदेश सभा सचिवालयका अनुसार विधेयकमाथि छलफलका लागि चाँडै नै प्रदेश सभामा छलफल हुनेछ ।
सम्बन्धित सरोकारवालाले यस विधेयकलाई सकारात्मक पहलको रूपमा लिएका छन् भने केही क्षेत्रबाट विधेयकलाई अझ प्रभावकारी बनाउन सुझाव पनि आएका छन् । विधेयक पारित भएपछि गण्डकी प्रदेशमा अपांगता भएका व्यक्तिहरूलाई थप सुविधासहित समान अवसरको सुनिश्चितता हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया