नयाँ प्रदेश प्रमुख छान्न नेकपा सचिवालय बैठक जारी

समाधान संवाददाता २०७६ कार्तिक १८ गते १२:४७

समाधान संवाददाता, काठमाडाैं

Advertisement

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।

सातै प्रदेशका प्रदेश प्रमुख सोमबार नै नियुक्त गर्न नेकपाले सचिवालय बैठकमा छलफल गरेको हो।

एक सचिवालय सदस्यका अनुसार बैठकमा सम्भावित प्रदेश प्रमुखहरूबारे छलफल भइरहेको छ।

‘प्रदेश प्रमुख को-को बनाउने भन्ने सचिवालय बैठकले तय गर्‍यो भने आजै बस्ने मन्त्रिपरिषद्ले नाम राष्ट्रपति समक्ष सिफारिस गर्छ,’ ती सदस्यले भने।

Advertisement

यसअघि आइतबार साँझ बसेको सचिवालय बैठकले प्रदेश प्रमुखको नाम टुंगो लगाउन सकेको थिएन। सचिवालयले नाम छान्न नसकेपछि आइतबार साँझलाई बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित भएको थियो।

प्रदेश प्रमुखका लागि अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, महेन्द्र पाण्डे, खेमराज भट्ट, केशव वडाल, अमृत बोहोरा, शर्मिला त्रिपाठी लगायतको नाम चर्चामा छ।

तपाईको प्रतिक्रिया