९ महिना १३ दिन अन्तरिक्षमा अड्किएका सुनिता र बुच आज पृथ्वीमा फर्कँदै

समाधान संवाददाता २०८१ चैत ४ गते १३:२४

पोखरा । अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना १३ दिनपछि पृथ्वीमा फर्कँदैछन्। उनीसँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा उपस्थित क्रू- ९ का थप दुई अन्तरिक्ष यात्री पनि आउँदैछन्।

Advertisement

नेपाली समय अनुसार बिहान १०:५० मिनेटमा उनीहरू चढेको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अनडकिङ अर्थात अलग हुनेछ। यो भोलि विहान लगभग ३स्४५ बजे फ्लोरिडाको तटमा अवतरण गर्नेछ।

लगभग १७ घण्टा लाग्ने यो यात्राका लागि अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले नेपाली समयअनुसार आजै विहान ८:३० बजे आफ्नो कभरेज सुरू गरेको छ। यस कार्यक्रमको अनुमानित तालिका समेत नासाले जारी गरेको छ। यद्यपि मौसमको कारणले पनि यसमा परिवर्तन हुन सक्छ।

सुनिता विलियम्स र बुच विल्मोर बोइङ नासाको ८ दिने संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’मा गएका थिए। यस मिसनको उद्देश्य बोइङको स्टारलाइनर अन्तरिक्ष यानको अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष स्टेशनमा लैजान र फर्कन सक्ने क्षमताको परीक्षण गर्नु थियो।

अन्तरिक्ष स्टेशनमा ८ दिन बिताउँदा अन्तरिक्ष यात्रीहरूले अनुसन्धान र धेरै प्रयोगहरू पनि गर्नुपरेको थियो। मिसनको क्रममा उनले अन्तरिक्षयानलाई म्यानुअली पनि उडाउनु परेको थियो।

Advertisement

यो अन्तरिक्ष यानलाई नेपाली समयअनुसार जुन ५, २०२४ को राति ८:३७ बजे एटलस भी रकेट मार्फत प्रक्षेपण गरिएको थियो। जुन ६ को राति ११:१८ बजे अन्तरिक्ष स्टेशनमा पुगेको थियो। उनीहरू एक सातापछि फर्कनुपर्ने भए पनि थ्रस्टरमा समस्या आएपछि उनीहरू उतै बसेका थिए।

स्टारलाइनर अन्तरिक्षयानको २८ रिएक्सन कन्ट्रोल थ्रस्टरहरू मध्ये पाँच असफल भए। २५ दिनमा ५ वटा हेलियम चुहावट पनि भएको थियो। थ्रस्टरहरूमा प्रोपेलेन्ट पुर्याउन हेलियम महत्त्वपूर्ण हुन्छ। यस्तो अवस्थामा, अन्तरिक्षयानको सुरक्षित फिर्तीको बारेमा चिन्ता थियो।

तथ्याङ्कको विश्लेषण गरेपछि, नासाले स्टारलाइनर अन्तरिक्षयानमा सुनिता र बुच विल्मोरलाई फिर्ता पठाउन सुरक्षित नभएको निर्णय गर्यो। त्यसैले सेप्टेम्बर ६, २०२४ मा अन्तरिक्ष यात्री बिना नै स्टारलाइनर अन्तरिक्षयान पृथ्वीमा फिर्ता भयो। एजेन्सी

तपाईको प्रतिक्रिया