गलकोटमा अखिल क्रान्तिकारीको प्यानलनै विजयी

समाधान संवाददाता २०८१ चैत ४ गते १८:५२

पोखरा । स्ववियु निर्वाचनमा गलकोट बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका प्रभात सहनी निर्वाचित भएका छन् ।

Advertisement

खसेको १ सय ५८ मतमा सहनीले ९९ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघकी रेनुका परियारले ५८ मत पाइन् । सचिवमा अखिल क्रान्तिकारीकै पवन बिकले ८५ र कोषाध्यक्षमा समृति बुढाथोकीले ८५मत ल्याएर विजयी भइन् ।

यस्तै, सदस्यमा सोही संगठनका निकिता सहानी ९०, अजय केसी ८२ र प्रमिला विकले ८८ मत प्राप्त गर्दै विजयी भएका छन् । समानुपातिकमा पनि अखिल क्रान्तिकारीले ८३ र नेविसंघले ५१ मत पाए । अनेरास्ववियुले ४ र अखिल छैठौंले १३ मत पाएका हुन् ।

यसैबीच कुश्मीसेराको शान्तिदिप बहुमुखी क्याम्पस कुश्मीसेरामा भने नेविसंघकी विपना परियार स्ववियु सभापतिमा निर्विरोध भएकी छिन् । उनकै नेतृत्वमा ११ सदस्य रहेको कार्यसमिति नै निर्विरोध भएको हो ।

धौलागिरि बहुमुखी क्याम्पसमा भने १ हजार ५९ मत खसेको छ । दिउँसो ४ बजेसम्म भएको मतदानपछि मतपेटिका संकलन गरिएको छ ।

Advertisement

धौलागिरि बहुमुखी क्याम्पसमा सभापतिमा नेविसंघकी सृष्टि आचार्य र अखिल संयुक्तकी आस्मिन शेखबीच प्रतिस्पर्धा छ ।

तपाईको प्रतिक्रिया