वन क्याम्पसमा अनेरास्ववियुका अभिषेक निर्वाचित

समाधान संवाददाता २०८१ चैत ५ गते ४:३२


पोखरा । वन विज्ञान अध्ययन संस्थान अन्तर्गत वन क्याम्पस पोखराको स्ववियु निर्वाचनमा अनेरास्ववियुका अध्यक्ष निर्वाचित भएका छन् ।

Advertisement

अनेरास्ववियुतर्फबाट संयुक्त प्यानलका उम्मेदवार अभिषेक शर्मा निर्वाचित भएका हुन् । उनले कुल खसेको मतको २ सय ३० प्राप्त गरेको निर्वाचन समिति संयोजक डा रामप्रसाद शर्माले जानकारी दिए । स्ववियु निर्वाचनमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन थियो ।

सचिवमा गौरव खड्का निर्वाचित भए । अखिल क्रान्तिकारीका खड्काले २ सय २६ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिभा श्रेष्ठ २ सय २४ मतका साथ विजयी भइन् ।

सदस्यमा अनेरास्ववियुबाट सुनिल सिंह भण्डारी, सिद्धान्त खनाल, अखिल क्रान्तिकारीका रिया श्रेष्ठ, प्रकट ढुंगाना र भिभोर शाह निर्वाचित भए । वन क्याम्पसमा ४ सय ५० मतदातामध्ये ८५ प्रतिशत मतदान खसेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया