त्रिभुवन आदर्श बहुमुखीमा नेविसंघका देवदत्त सुवेदी सभापतिमा निर्वाचित

समाधान संवाददाता २०८१ चैत ५ गते १०:५०

स्याङ्जा । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको स्ववियु चुनावमा नेविसंघका देवदत्त सुवेदी सभापति पदमा निर्वाचित भएका छन्। उनले ३ सय ९ मत प्राप्त गरेका छन् ।

Advertisement

चुनावमा सचिव पदमा असिम भण्डारीले २ सय ९१ मत प्राप्त गरे, जबकि काेषाध्यक्षमा समिक्षा मरासिनीले ३ सय ६ मत ल्याएर जित हासिल गरिन्। सदस्य पदमा शक्ति नेपाली (३०१), ईमत्याज मियाँ (२९४), बिन्दु बि.क. (२९३), सोफिया जि.टी. (२९१), र रीति कार्की (२९०) विजयी भएका छन्।

अनेरास्ववियुबाट सभापतिमा उठेकफ बिपना सुनामले ८० मत प्राप्त गरिन्। सचिव पदमा समुन्द्र शर्मा ९४ मत, काेषाध्यक्षमा मनाेज कुमार नेपालीले ८० मत प्राप्त गरे। सदस्य पदमा स्नेह सेन (८०), सोनिया गुरूङ (८६), सोनिका थापा (८५) र लेविस्का गुरूङ (९६) प्राप्त गरे ।

चुनावमा ५ सय ३४ मतदाता थिए, जसमा ३ सय ९३ मत खसेको थियो, जसको मतदान प्रतिशत ७३.६०% रहेको छ।

Advertisement

तपाईको प्रतिक्रिया