अमरसिंह मावि प्रअमा बलराम पोखरेल

समाधान संवाददाता २०८१ चैत ५ गते १९:२९

पोखरा । अमरसिंह माध्यमिक विद्यालय पोखराको प्रधानाध्यापकमा बलराम पोखरेल नियुक्त भएका छन्।

Advertisement

पूर्व प्रधानाध्यापक शेरबहादुर थापाले अनिवार्य अवकाश लिएपछि सहायक प्रधानाध्यापक पोखरेलले आइतबारदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका हुन्।
विसं २०२६ सालमा कास्कीको निर्मलपोखरीमा जन्मिएका पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्।

२०४५ मा अन्नपूर्ण मावि, सिक्लेसबाट शिक्षण पेसा सुरु गरेका उनले वराह मावि भेडाबारी, शुक्रराज बलभद्र मावि छिनेडाँडा, कालिका मावि रामबजार, विश्वशान्ति मावि देउरालीमा अध्यापन गरेका थिए । उनी २०६५ सालमा शान्ति उदय मावि बरपाण्डेथुममा प्रधानाध्यापक भएका थिए ।

२०६८ सालमा अमरसिंह माविमा सरुवा भएर आएका उनी २०७३ सालमा स्रोतव्यक्ति परीक्षामा छनोट भई गोर्जे र लामाचौर स्रोत केन्द्र सम्हालेका थिए । पछि शिक्षकमै अमरसिंह फर्किएका उनी २०८० मंसिरदेखि सहायक प्रधानाध्यापक थिए ।

हाल पोखरा–११, फूलबारी निवासी पोखरेल सामाजिक, साहित्यिक तथा धार्मिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् । जिल्ला शिक्षा कार्यालय, कास्कीबाट उत्कृष्ट नेपाली शिक्षक पुरस्कार प्राप्त गर्न सफल उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पुरस्कारबाट पनि सम्मानित भएका छन्।

Advertisement

तपाईको प्रतिक्रिया