पोखरामा एनएसएलको ट्रफी प्रदर्शन

पोखरा । चैत १६ देखि वैशाख १३ सम्म हुने तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को ट्रफी शनिबार पोखराको पुम्दीभुम्दीकोटस्थित महादेव मूर्ति प्रागंणमा । प्रतियोगिताको ट्रफी शनिबार पर्यटकीय राजधानी पोखरामा अनावरण एवं प्रदर्शन गरिएको छ।
पोखरा थन्डर्स एफसीको व्यवस्थापनमा पोखराका ५ ठाउँमा ट्रफी प्रदर्शन गरिएको हो । पुम्दीकोट शिव मन्दिरसहित, शान्ति स्तूप, पोखरा रंगशाला, बेगनास ताल र सिर्जनाचोकस्थित एनसेल सेन्टरमा ट्रफी प्रदर्शन गरिएको पोखरा थन्डर्सका व्यवस्थापक घनश्याम थापाले जानकारी दिए ।
उनका अनुसार फेवाताल किनार र विन्ध्यावासिनी मन्दिरमा आइतबार बिहान ट्रफी प्रदर्शन गरिने छ । शनिबार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रर्दशनमा लैजानुअघि ट्रफी अनावरण गरेका थिए । धनगढी, बुटवल, झापा, चितवनमा अनावरण एवं प्रदर्शनपछि ट्रफी पोखरा ल्याइएको हो । पोखरापछि ललितपुर र काठमाडौंमा ट्रफी प्रदर्शन गरिने आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।
तस्बिर : सुदर्शन रञ्जित
तपाईको प्रतिक्रिया