१०० मत गन्दा अनेरास्ववियुका पोखरेललाई ४३ मत

समाधान संवाददाता २०८१ चैत १० गते १३:०७

पोखरा ।

Advertisement

पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू चुनावको मतगणनामा अनेरास्ववियुले प्रारम्भिक अग्रता लिएको छ । पहिलो १०० मत गन्दा अनेरास्ववियुका अध्यक्ष उम्मेदवार विष्णु पोखरेलले ४३ मतसहित अग्रता लिएका हुन् ।
दोस्रो स्थानमा नेविसंघका सुशील न्यौपाने छन् । उनलाई अहिलेसम्म १८ मत प्राप्त भएको छ । अखिल क्रान्तिकारीका नविन अधिकारीले ८ मत ल्याएका छन् ।

सचिवमा पनि अनेरास्ववियुका बिराट दुवाडी अगाडि छन् । उनले ५० मत ल्याउँदा नेविसंघका विवेक भट्टर्राइलाई १९ र क्रान्तिकारीका मिराज थापा मगरलाई ११ मत प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया